Websoft University

जेष्ठ नागरिकको मन भुलाउन भजन कृतन सुरु


काठमाण्डौ माघ २ गते । रातो तारा डट कम,पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ फेकमा रहेका दिवासेवा केन्द्रले गाउँमा रहेका बृद्धबृद्धा र एकल महिलाहरु लाई मनोरन्जन दिएर समाजमा स्थापित गर्नु पर्छ भन्ने उद्धेश्यले मासिक रुपमा भजन कृतन सुरु गरिएको छ ।  

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ फेक गाउँमा वडापालिकाले समाजमा रहेका दिवासेवा केन्द्र र वडापालिकाको संयुक्त सहयोगमा गाउँघरमा रहेका बृद्धबृद्धाहरु लाई रमाईलो गराउने र सुखी जिवन संगै मनोरन्जन दिएर समाजमा दिन कटाउने भन्दै भजन कृतन र दिवा खाजाको समेत ब्यावस्था गर्न वडा पालिकाले बजेट नै बिनियोजित गरेर काम गरेको वडा अध्यक्ष नाराण लामटाङेले जानकारी दिनु भयो । 

वडापालिकाको उमेर अनुसार बृद्धबृद्धालाई  सम्मान समेत गर्ने गरेको छ । सम्मान पाउने थाहा पाए पछी लौरो टेकेर वडा पालिका सम्म पुग्नुभएका ८० वर्षका ठाकुर सिह  सुर्यबंसीले उज्यालो अनुरहार लगाएर वडा पालिकाले दिएको ब्लाङकेट लिनुभयो । 

समाजका बृद्धहरु बाट धेरै कुरा सिक्न बाकी रहेकाले आमाबुबाका कुरा सुन्न र उहाँहरुलाइ खुसी गराउन यस्तो अभियान सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषीराम अर्यालले बताउनु भयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.