Websoft University

सञ्चारकर्मी सुरज पौडेलको शब्द र मेलिना राईको स्वरमा ‘जबसम्म सास छ’ (भिडियो)



काठमाडौँ : सञ्चारकर्मी सुरज पौडेलको नयाँ गजल गीत बजारमा आएको छ । पौडेलको शब्द रहेको ‘जबसम्म सास छ’ बोलको गजललाई अर्का सञ्चारकर्मी दिपकराज विश्वकर्माले सांगीतिक स्वरुप दिएका हुन् ।

विश्वकर्माको एरेन्ज तथा संगीत रहेको गजलमा अहिलेकी व्यस्त तथा चर्चित गायिका मेलिना राई र बुद्ध मोक्तानको स्वर रहेको छ । सार्वजनिक भएको केही समयमा नै युट्युबमा दर्शकहरुको राम्रो माया बटुल्दै गरेको यो गजललाई रेडियोमा पहिलोपटक सिनर्जी एफएमबाट सार्वजनिक गरिएको छ ।

नयाँ वर्ष २०२० को संघारमा गजल सार्वजनिक गर्दैगर्दा रचनाकार पौडेलले सिनर्जी एफएमबाट आफ्नो गजल सार्वजनिक गर्न पाउनु आफ्ना लागि खुशीको कुरा भन्दै सम्पूर्ण श्रोताहरुलाई नयाँ वर्षको शुभकामना कोसेली स्वरुप यो गजल समर्पण गरेको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.