Websoft University

युवतीको हत्या भएको रहस्य खुल्यो


फायल फोटो,
श्याम राई गाईघाट, पौष २२ गते । रातो तारा डट कम,दलित भएकै कारण श्रीमान् सहित परिवारका सदस्यहरु द्धारा एक युवतीको दुई वर्ष अघि हत्या भएको रहस्य खुलेको छ । उदयपुरको कटारी नगरपालिका–५ बाहुनीटार की १७ वर्षिया संगीता विश्वकर्मालाई पती युवराज कार्की, सशुरा नैन वहादुर र देवर सुजनले हत्या गरेको प्रहरीले जनाएको छ ।

२०७४ कार्तिक १४ गते सिम्लेस्थीत जंगलमा सडेगलेको अवस्थामा संगीताको शब फेला परेको थियो । उनले जंगलमा झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको थियो । प्रहरीले लामो अनुसन्धान गरेर संगीतालाई हत्या गरेको पुष्टि गरेपछि हत्यारा समेत पक्राऊ गरेको प्रहरीले जनाएको छ । ‘हत्या भएको निष्कर्षमा पुगेपछि मंशीर २४ गते मृतककी देवर सुजनलाई पक्राऊ गर्यौ ।’ 

ईलाका प्रहरी कार्यालय कटारीका डि.एस.पी. प्रेम सागर केसीले बताए । सुजनले नै हत्याको सबै रहस्य खोलेपछि पती र ससुरालाई पनि काठमाडौंदेखि पक्राऊ गरिएको उनले बताए । युवराजले प्रेम विवाह गरेर ल्याएपछि संगीता दलित जातको रहेको खुलेपछि परिवारको सदस्य मिलेर उनको हत्या गरिएको खुल्न आएको डि.एस.पी केसीले भने ।‘ दुवैबीच फोन सम्पर्कबाट चिनजान भएर भागी विवाह गरेको रहेछ ।

संगीता माईत उदयपुरको उदयपुरगढी गाउँपालिका–५ बाहुनीटारबाट भागेर कार्कीको घरमा आएको समेत खुलेको छ ।’ डिएसपी केसीले भने । घटना लगतै मृतकका परिवारले प्रहरीमा छोरी हराएको जाहेरी दिएका थिए । पछि गाउँलेह?ले कार्की परिवार बाटै संगीताको हत्या भएको आशंकागरि प्रहरी कहा उजुरी गरेको खुल्न आएको छ ।

संगीताको हत्या पछि कार्की परिवार समेत वेपत्ता भएपछि प्रहरीले उनीहरुलाई शंकाको घेरामा राखेर अनुसन्धान शुरु गरेको थियो । उनीहरु कहिले भारतको दार्जलिङ्ग कहिले नेपाल आएको सूचना प्रहरीले प्राप्त गरिरहेको थियो . यसैबीच सुजन कटारी आएको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको डिएसपी केसीले बताए ।

‘सुजनले हत्याको सबै कुरा खोलेपछि घटनामा संलग्न बाबु छोरालाई काठमाडौंबाट पक्राउ गरिएको उनले बताए । ‘संगीता हत्यामा अन्य कुनै कारण देखिएन । उनी तल्लो जातको भएको र उनले ढाटेर कार्कीसँग प्रेम विवाह गरेको कारण देखिएको ।’ उनले भने । जिल्ला अदालत उदयपुरले संगीताको हत्यामा संलग्न तिनै जनालाई पूर्पक्षको लागि थुनामा राखेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.