Websoft University

टी–ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल


काठमाण्डौ पुस २२ गते । रातो तारा डट कम,अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको छ । 

अघिल्लो महिना पनि नेपाल १२ औं स्थानमै रहेको थियो । नयाँ वरियता अनुसार नेपालले १ सय ९२ रेटीङ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालपछि स्कटल्याण्ड रहेको छ । यस्तै नेपाल भन्दा तल टेष्ट राष्ट्र आयरल्याण्ड रहेको छ । 

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा अष्ट्रेलिया रहेका छन् । इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र भारत पाँचौं स्थानमा रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । टी–ट्वान्टीको महिलातर्फको वरियतामा नेपाल १४ औं स्थानमा रहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.