Websoft University

प्रिन्स एकलमा जित निकाल्दै सेमिमा


बिराटनगर । रातो तारा डट कम,ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिज २०२० मा पुरुष एकल तर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । 

प्रिन्सले भारतका खेलाडी आयन रसिदलाई २१–१०, २१–९ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएकाहुन् । तर उनी मिक्स डबल्समा भने पराजित हुन पुगे । रसिला महर्जनलाई जोडी बनाएका प्रिन्स भारतका आयन रसिद र तस्निम मिर संग २४–२६, २१–१४ र २१–८ ले पराजित हुन पुगे ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ निता लम्साल नेपालकै निलिमा महरालाई २१–१२, २१–६ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भईन् । यस्तै निताले दोहोरो जित निकाल्ने क्रममा गोकुल जोरा संग मिलेर मिक्स डबल्समा नेपालकै नरेन्द्र बम र निलिमा महरालाई २१–१६, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाईन् ।

पुरुष एकल तर्फको अर्को खेलमा नेपालका नरेन्द्र बम श्रीलङ्काका दुमिन्दु अवेविक्रमासंग २१–७, २१–९ को सोझो सेटमा पराजि हुन पुगे । पुरुष एकल तर्फ भारतका अभिन बशिष्ठले श्रीलङ्काकाका दिगायु कहातापितियालाई २१–१५, २१–८ ले तथा भारतका मिरब लुवाङ्गले आफ्नै देशका शिभम कुमार मिश्रलाई २१–१२, २१–१६ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे । 

दशरथ रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगितामा रशिला महर्जन एकल प्रतिस्पर्धामा पनि पराजित भईन् । महर्जन मलेसियाकी करुपथेभन लेत्शाना संग २१–१४, २१–१२ ले पराजित भईन् । यस्तै सिमा राजबंशी भारतकी अनुपमा उपाध्यायसंग २१–९, २१–७ले पराजित भईन् । महिला एकल तर्फको अर्को खेलमा भारतकी तस्निमा मिरले मलेसियाकी सरन्या कविलानलाई २१–९, २१–३ ले पराजित गरिन् ।

पुरुष युगल तर्फ नेपालका अमृत चौधरी र जे.बी. साउदको जोडी नेपालकै डेभिड थापा मगर र युनिश राईको जोडीलाई २१–१६, २१–१२ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरे । अन्य खेलमा नेपाली खेलाडीले पराजय भोगे । श्रीलङ्काकाका दुमिन्दु अवेविक्रमा र दिगायु कहातापितियाको जोडीले नेपालका योगेश खड्का र सत्यम सुब्बाको जोडीलाई २१–१०, २१–१०ले, भारतका आर.बिकास प्रभु र अरुण कार्थिक के.को जोडीले नेपालका गोकुल जोरा र प्रियान्शु सिंह क्षेत्रीको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरे ।
मिक्स डबल्स तर्फ नेपालका पेम्बा शेर्पा र सिमा राजबंशीको जोडीले अमृत चौधरी र बिष्णा बिष्टको जोडीलाई २१–१४, २१–१० को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरे भने जे.बी. साउद र प्रसुना खत्रीको जोडी भारतका मुरुगप्पा के.एस. र सनिया सिकन्दरको जोडी संग २१–२, २१–७ ले पराजित हुन पुगे । प्रतियोगितामा यु – १९ को विधामा मात्र प्रतिस्पर्धा भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.