काठमाण्डौ माघ ३ गते । रातो तारा डट कम,बुढीगंगा जलविद्युत आयोजनाको सवस्टेशन जोड्ने पुल निर्माणमा पटक–पटक म्याद थपिदा पनि काम सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण कार्य पूरा गर्ने गरि ठेक्का भएको पुलको निर्माण कार्यमा ढिलाई भएको हो । ठेक्का पाएको हिम सगरमाथा श्रीगिता श्यामशुन्दर जे.भि.ले दुई वर्षमा पुल निर्माणको काम सक्ने गरि २०७३ भदौ २९ गते ठेक्का लिएको थियो ।
तर, तीन पटकसम्म म्याद थपिदा पनि पुल निर्माणको काम पूरा हुन सकेको छैन । पुल निर्माणका लागि हिम सगरमाथा श्रीगिता श्यामशुन्दर जे.भि.ले १२ करोड ५२ लाखमा ठेक्का पाएको थियो । तर, ४५ महिना बितिसक्दापनि पुल निर्माणको कार्यले तिव्रता पाएको छैन ।
Post a Comment