Websoft University

काँग्रेस संसदीय दलले बैठक बोलायो


काठमाण्डौ माघ ३ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न भन्दै, संसदीय दलको बैठक बोलाएको छ । सभामुख चयन प्रक्रियामा देखिएको विवाद, एमसीसी बारेको प्रक्रियालगायतका विषयमा संसदीय दलमा छलफल गर्न लागिएको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको बारेमा पनि बैठकमा छलफल गरिने उहाँको भनाइ छ । काँग्रेस संसदीय दलको बैठक आज दिउँसो साढे १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.