काठमाण्डौ मंसिर २९ गते । रातो तारा डट कम, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण मुलुकभरमा चिसो बढेकोछ । देशका मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही भूभागमा हल्का वर्षा भएको छ । साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ । हिजो राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले सूचना निकालेर जानकारी दिएको छ । चिसो बढेकाले विशेष ख्याल गर्न सबैमा महाशाखाले अनुरोधसमेत गरेको छ ।

Post a Comment