काठमाण्डौ मंसिर २९ गते । रातो तारा डट कम,गण्डकी प्रदेशले रैथाने बाली संरक्षणको लागि किसानलाई निःशुल्क तालिमको व्यवस्था गरेको छ । लोप हुँदै गएको कालो झिनवा, घिउ पुरी, अनदी जातको धान लगायत अन्य रैथाने बालीको संरक्षणका लागि तालिम दिने व्यवस्था गरिएको प्रदेश सरकारले जनाएको हो । कृषि व्यवसाय सहयोग तथा तालिम केन्द्रका अनुसार कुनै पनि किसानलाई लोप हुन लागेको रैथाने बालीको विषयमा तालिम लिन इच्छा भए कृषि ज्ञान केन्द्रमार्फत् सम्पर्क गर्न सक्ने व्यवस्था पनि गरिएको छ । तालिम केन्द्रका प्रमुख वासुदेव काफ्लेले विभिन्न समयमा सूचना प्रकाशन गरी किसानलाई व्यवसायीक, प्राङ्गारिक खेतीका लागि निःशुल्क तालिमको आयोजना गरिएको सीआईएनसँग बताउनुभयो । कृषिको आधुनिकीकरण, निर्यातमूखी कृषि, खाद्य सुरक्षासँग सम्बन्धीत भएर किसानका लागि तालिम दिने काम पनि केन्द्रले गर्दै आएको छ ।

Post a Comment