काठमाण्डौ मंसिर २९ गते । रातो तारा डट कम,रौतहटमा हिजो भएको वर्षाका कारण करोडौंको इँटा नष्ट भएको छ । अचानकको वर्षाले इँटा व्यवसायीहरुले ठूलो नोक्सानी व्यहोरेका हुन् । मौसममा आएको परिवर्तनसँगै हिजो दिनभरी भएको वर्षाका कारण जिल्लामा रहेका एक सय ६१ इँटा भट्टाको गरी ८ करोड ५ लाख रुपैयाँ बराबरको इँटा नोक्सानी भएको व्यवसायीहरुले बताएका छन् । पकाउनको लागि तयार पारिएको इँटाहरु वर्षाका कारण नष्ट भएको इँटा उत्पादक संघ रौतहटका अध्यक्ष रामविनोद साहले बताउनुभयो । तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको अध्यक्ष साहले बताउनुभयो । उहाँका अनुसार हिजोको वर्षाले ८ करोंडभन्दा बढी क्षति भएको छ । वर्षाले रौतहटका धेरैजसो इँटा उद्योगका काँचो इँटा कामै नलाग्ने गरी गलेर नष्ट भएको छ ।

Post a Comment