काठमाण्डौ मंसिर २९ गते । रातो तारा डट कम,छाडा पशुचौपाया व्यवस्थापन गर्न विभिन्न शहरका स्थानीय सरकारलाई ठुलै चैनौति भएको छ । विशेषगरी सीमा नाकामा रहेका जिल्लाहरुलाई चूनौति भएको हो । बिराटनगर महानगर क्षेत्रका मेन सडकहरु छाडिएको घर पालुवा जनावरका लागि र बाँकेको नेपालगञ्जमा छाडा पशु व्यवस्थापनको लागि कान्जि हाउसको स्थापना गरिएको भए पनि समधान भने हुन सकेको छैन ।
नेपालगञ्ज उपमहानगरपालिकाले गाई गोरुहरुको व्यवस्थापन गर्ने काम गरिरहेकोछ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ मा १२ कट्ठा भन्दा बढि जग्गालाइ कान्जि हाउस अर्थात गौशला बनाईएको छ । जहाँ दुई सय भन्दा बढि गाईगोरुहरु राखिएको छ । तीनीहरुको उचित व्यवस्थापन र स्याहार भने नभएको स्थानीयहरुको गुनासो छ । कान्जि हाउसमा राखिएका गाईवस्तुहरुलाई राम्रोसँग व्यवस्थापन गर्न सकिएको छैन ।
अहिले घाँसको अभावले गर्दा पनि समस्या भैरहको कान्जि हाउसमा गाईगोरुको हेरचाहाको लागि बस्नुभएका हरि चौधरीको भनाई छ । प्रहरीको रिपोर्ट अनुसार १४ सय गाईगोरु बाँकेमा छाडा रुपमा छोडिएका छन् । यी सबैको व्यवस्थापन राम्रोसँग गर्नका लागि बजेट छुट्याएर काम भैरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेण राणाले सीआईएनलाई बताउनुभयो । बाँके जिल्लाका सबै स्थानीय सरकारले मिलेर सात करोड रुपैयाँ छाडापशु चौपाया व्यवस्थापनको लागि काम गर्न लागिएको बताउनुभयो ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ नियमावली २०५७ ले पशुहरुले स्वास्थ्य उपचार पाउने, खान पाउने लगाएतका अधिकारको सुनिश्चितता गरेको छ ।

Post a Comment