Websoft University

भट्टराई बन्धुहरुलाई एकताबद्ध बनाउन भट्टराईको जोड़


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,विराटनगर महानगरपालिका १९ स्थित ऋषिवनमा "बिश्व भरीका भट्टराई एक हौँ "भन्ने मूल नाराका साथ भट्टराई कुल बंश प्रतिष्ठान विराटनगर महानगर समितिद्वारा आयोजित साधारण सभा तथा पारिवारिक रमाइलो वनभोज कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि भट्टराई कुल वंश प्रतिष्ठान १ नं प्रदेश सदस्य साथै मोरङ्ग जिल्लाका उपाध्यक्ष शिव भट्टराई ले सो वनभोज कार्यक्रमले बन्धुत्वको भावना जागरुप गराउने साथै सामाजिक कार्यमा योगदान पुर्याउन सहयोग पुर्याउने बताएका थिए। त्यसैगरी उनले यस्तो कार्यक्रमको माध्यमबाट पारिवारिक रमाइलो भेटघाट तथा दुःख सुख साटा साट गर्ने माध्यम बन्न सक्ने भएकोले आयोजक लाई धेरै धेरै धन्यवाद दिएका थिए भने उनले विश्व भरिका भट्टराई बन्धुहरुलाई एकताबद्ध बनाउन जोड  दिएका थिए। 

शनिबार भएको कार्यक्रममा भट्टराई कुल वंश प्रतिष्ठान विराटनगर महानगर समितिका अध्यक्ष रमानाथ भट्टराईको सभापतित्व रहेको थियो भने समितिका उपाध्यक्ष ज्ञानु भट्टराईले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा ८० वर्ष भन्दा माथिका वृद्ध वृद्धा ,३ जना जनप्रतिनधि साथै पूर्व प्रमुख जिल्ला अधिकारी सूर्य भट्टराई लगायतलाई सम्मान गरिएको थियो भने कार्यक्रम समितिका सहसचिव पराशर भट्टराईले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.