विराटनगर मंसिर २८ गते । रातो तारा डट कम, १६ करोड लागतमा विराटनगरमा पनि ‘क्यूएफएक्स’ सिनेमाजको मल्टिप्लेक्स सिनेमा हल संचालनमा आएको छ ।
विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको पाँचौ तलामा क्यूएफएक्स सिनेमाजको मल्टिप्लेक्स सिनेमा हल शनिबारदेखि संचालनमा ल्याएको हो ।
थिएटरमा डेफ्थ क्यू थ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको सिनेमा हल रहेको क्यूएफएक्सका अध्यक्ष नखिम उद्धिमले जानकारी दिए । २ वटा स्क्रिनहरुमा डल्बी एटमस साउण्ड टेक्नोलोजी प्रयोग गरिएको छ । जसले इन्हान्स साउण्ड क्वालीटी प्रदान गर्दछ । जसको फलस्वरुप दर्शकहरुले उत्तम अडियोसहितको पूर्ण तथा उत्कृष्ट अनुभव हुने उनले बताए ।

नयाँ मल्टिप्लेक्समा क्रिष्टि प्रोजेक्ट सिस्टम पनि रहेको छ । जसले पिक्सेलहरुको समायोजन गरी अप्टिमल इमेज क्वालिटी प्रदान गर्छ । जसले गर्दा दर्शकहरुले सबैभन्दा इन्हान्स्ड सिनेमेटीक एक्सपेरियन्स गर्न सक्नेछन् ।
पहिलो पल्ट क्यूएफएक्स सिनेमाजको थिएटरमा रिक्लाइनर सिटहरुको व्यवस्था गरिएको यो नयाँ मल्टिप्लेक्समा जम्मा ४ सय २४ सिट क्षमता रहेको छ जसमध्ये २८ वटा रिक्लाइनर सिट रहेका छन् ।
क्यूएफएक्स सिनेमाजले नयाँ चेनमा आफ्नो मोबाइल एप र लोयल्टी प्रोग्राम ‘गोजी’ पनि जारी राखेको छ साथै क्यासलेस ट्रान्जेक्सनको लागि अनलाइन टिकेटिङ सुविधा पनि उपलब्ध रहेको छ । यो नयाँ मल्टिप्लेक्समा किचेन सहितको फूड कोर्टमा ताजा खानाहरु पनि उपलब्ध हुनेछ ।
नयाँ मल्टिप्लेक्सको इन्टेरियर निकैनै आधुनिक तथा एलिगेस्ट रहेको
छ । यो नयाँ २ स्क्रिनको मल्टिप्लेक्स सञ्चालन संगै क्यूएफएक्स सिनेमाजको जम्मा स्क्रिन संख्या देशभरीमा २७ पुगेको छ । देशभरीमा क्यूएफएक्सको शाखाहरू एक दर्जन पुगेको छ । काठमाण्डौं बाहिर पूर्वमा यस अघि विर्तामोर्डमा क्यूएफएक्सको सिनेमा हल सञ्चालमा
छ ।

क्यूएफएक्समा देखाएको सिनेमाको टिकट २ सय ५० देखि ८ सय रुपैयाँसम्म हुनेछ । मनिङ्ग शोमा ५० प्रतिशत छुट रहने बताइएको छ ।

Post a Comment