Websoft University

स्थानीय तहमा १९ वटा सिँचाई आयोजना निर्माण हुने


काठमाण्डौ मंसिर २९ गते । रातो तारा डट कम,पर्वतका स्थानीय तहमा १९ वटा सिँचाई आयोजना निर्माण हुने भएका छन् । चालु वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत् ५ सय हेक्टरभन्दा धेरै जमिन सिँचाई हुनेगरी आयोजना निर्माण हुन लागेका हुन् । कृषिमा आधुनिकीकरणसँगै खाद्यान्न, तरकारी र फलफूल खेतीलाई सिँचाइ सहज बनाउन फलेबास नगरपालिकामा मात्रै सात नयाँ सिँचाई निर्माण हुन लागेका छन् । त्यसबाहेक कुश्मा नगरपालिकामा चार, पैयूँमा तीन, जलजलामा तीन, मोदीमा दुई र बिहादीमा दुई सिँचाई आयोजना निर्माण हुन लागेको हो । चालु वर्षमै काम सुरु भएर सकिने गरी सञ्चालित आयोजनाले जिल्लाको पाँच सय १२ हेक्टर खेतीयोग्य जमिन समेट्ने जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले जनाएको छ । जसका लागि चालु वर्ष ९ करोड ५४ लाख रुपैयाँ बजेट छ । स्रोत भएर पनि सिँचाई सहज हुन नसकेका क्षेत्रहरू छनोट गरेर चालु वर्ष नै सक्नेगरी कतिपय आयोजना सुरु भइसकेको डिभिजन प्रमुख थालबहादुर तामाङले बताउनुभयो ।  सिँचाई आयोजना निर्माण हुने चरणमा रहेको अधिकांश ठाउँ धान, मकै, गहुँ र तरकारीबालीका लागि उपयुक्त क्षेत्र हुन् । थोरै लगानीमा किसानले धेरै प्रतिफल लिने क्षेत्रलाई छनोट गरी सिँचाई आयोजना अगाडि बढाइएको उहाँले बताउनुभयो । जिल्लामा २८ हजार ५ सय ९३ हेक्टर खेतीयोग्य जमिन भएकोमा परम्परागत सिँचाई आयोजनाबाट सिंचित हुने जमिनको क्षेत्रफल ९ हजार नौ सय ४० हेक्टर छ । बाह्रै महिना सिंचित हुने जमिनको क्षेत्रफल करिब साढे सात हजार भएको कार्यालयको तथ्याङ्क छ । कार्यालयमार्फत् सञ्चालित आयोजनाको काम सम्पन्न भएपछि बाह्रै महिना सिँचाई हुने जमिनको क्षेत्रफल १५ सय हेक्टर बढ्ने अनुमान छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.