Websoft University

बैठकमा सहभागी नहुने–नेता पौडेल


काठमाण्डौ मंसिर २८ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नसक्ने अडान राख्नुभएको छ । आफ्नै निवास बोहोराटारमा भेट्न पुग्नुभएका पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिलाई पौडेलले महाधिवेशनको कार्यतालिका बाहेकका अरु विषय तपशिलका रहेको बताउनुभएकोछ । पौडेलसँग छलफलमा केन्द्रीय सदस्य हृदयराम थानी पनि सहभागी हुनुहुन्थ्यो । कार्यतालिका आफ्नो प्रमुख एजेण्डा रहेको पौडेलले बताएको उपसभापति निधिले जानकारी गराउनुभयो । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कात्तिक मसान्तसम्म समायोजनको काम सक्ने र मंसिरमा महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय गरेको थियो । राधेश्याम अधिकारी नेतृत्वको काँग्रेसले बनाएको निर्वाचन समितिले २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकीकरणमा आएको लोकतान्त्रिक फोरम र अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई समायोजन गर्ने काम सकेपछि महाधिवेशनको कार्यतालिका ल्याउने देउवाले बताउनुभएको थियो । पौडेलले पार्टीभित्रका विवादबारे वार्ता गरी समाधान निकाल्न प्रकाशमान सिंहको संयोजकत्वमा दीलेन्द्रप्रसाद बडू र हृदयराम थानी रहेको वार्ता समिति बनाउनुभएको छ । देउवाले वार्ता गर्ने जिम्मेवारी उपसभापति निधिलाई दिनुभएको छ । निधिले अब यसअघि पनि बार्ता समितिबीच छलफल भएको र फेरि छलफल गरेर समस्याको समाधान निकालिने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.