Websoft University

भानु साझा पुस्तकालय को भवन उद्घाटन साथै सामाग्री हस्तान्तरण

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचामा भानु साझा पुस्तकालय को भवन उद्घाटन साथै सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न।

मोरङको सुन्दरहरैंचा वडा नम्बर ५ तीनपैनीमा रहेको भानु साझा पुस्तकालयको प्राङ्गणमा भएको नव निर्मित भवन उद्घाटन तथा दाताहरूलाई सम्मान, सामाग्री हस्तान्तरण साथै साहित्य गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा भानु साझा पुस्तकालयलाई कृषि विकास बैंकको मुख्य कार्यालय काठमाडौंले सहयोग गरेको छ । सो कार्यालयले ४ लाख ३० हजार रकम सहित किताब राख्ने ८ ओटा र्याक र २ थान कम्प्युटर प्रदान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री लालबाबु पण्डितले सो सहयोग हस्तान्तरण गरेका थिए । त्यस्तै, मन्त्री पण्डितले पुस्तकालयको नवनिर्मित भवन उद्घाटन पनि गरेका थिए ।उनले कार्यक्रममा बोल्दै सो पुस्तकालयलाई  सहयोग गर्ने संस्था साथै व्यक्तिहरू लाई धन्यवाद व्यक्त गरेका थिए भने यस्ता कार्यमा आफ्नु तर्फ बाट पनि सहयोग गर्न हरदम तयार रहेको बताए।

कार्यक्रममा १ नं प्रदेश सामाजिक विकास मन्त्रालय बाट ३ लाख सहयोग गरिएको थियो साथै वडा नम्बर ६ को कार्यालयको तर्फबाट सहयोग गरिएको ३ थान कम्प्युटर वडाध्यक्ष जीवन राईले पुस्तकालयका अध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए।

त्यस्तै, आफ्ना दिवङ्गत पति तथा छोराको स्मृतिमा नरमाया बजगाईँले १ लाख ५१ हजार रुपैयाँ भवन निर्माणको लागि  सहयोग गरेकी थिइन् ।

पुस्तकालयका सभापति पुरनकुमार राईको सभापतित्व तथा सचिव विशाल गुरागाईँको सञ्चालनमा भएको कार्यक्रममा उपसभापति लोकबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए भने सो कार्यक्रममा वार्ड नं ५ का वार्ड अध्यक्ष राम प्रसाद रिजाल,वार्ड नं ६ का अध्यक्ष जीवन कुमार राई, वार्ड नं ७ का चैतन्य प्रसाद सिटौला ,साहित्यकार कृष्ण विनोद लम्साल लगायत अन्य सामाजिक व्यक्तित्वको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.