Websoft University

प्याब्सन फूटबल टुर्नामेन्टमा १४ स्कूल विजयी


विराटनगर, मंसिर २८ गते। रातो तारा डट कम, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा १४ स्कूल विजयी भएको छ । विराटनगरमा शनिबार भएको दुई वटा खेल मैदानमा १४ वटा स्कूल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।

विराटनगरस्थित सहिद मैदानमा भएको खेलमा बिकेभिएम, मालबिका, सगरमाथा, स्मृति, एभरेष्ट, मोर्डन, बालविकी स्कूल विजयी भएको छ । यस्तै शनिबार डिपिएस स्कूलको खेल मैदानमा भएको प्रतियोगितामा कान्तिपुर, डनबक्सको, मदल्याण्ड, ग्रिनल्याण्ड, डिपिएस, डिएभि स्कूल विजयी भइ दोस्रो चरणमा प्रवेश  गरेको हो ।

सहिद मैदानमा भएको पहिलो खेलमा बिकेभिएम स्कूलले युनिक स्कूललाई ४–२गोल अन्तरले पराजितग¥यो । दोस्रो खेलमा मालबिका स्कूलले लडबुद्ध निकेतनलाई १–० गोल अन्तरले हरायो । तेस्रो खेलमा सेन्टजेभियर्सले पूर्वाञ्चल विद्या सदनलाई ३–० गाले अन्तरले पराजित गरेको थियो । चौथोे खेलमा सगरमाथा स्कूलले मरिगोल्ड स्कूललाई ६– ० गोलको अन्तरले हरायो । पाँचौ खेलमा स्मृति स्कूलले सिद्धार्थ शिसु सदनलाई १–० गोलले जित्यो । छैठौं खेलमा एभरेष्ट स्कूलले वाकओभरमा विजयी भयो । भगवती स्कूल खेल अवधिरी नआएपछि एभरेष्टले वाकओभर पाएको थियो । सातौ खेलमा मोर्डन एराले कान्तिपुर स्कूलाई २–० गोल अन्तरले जित्यो । आठौं खेलमा बालविकी स्कूलले एजेलिया स्कूललाई ३–० गोलले हरायो ।

त्यस्तै सोहि दिन डिपिएस स्कुलको खेल मैदानमा भएको पलिो खेलमा कान्तिपुर स्कूलले मोरङ पब्लिकलाई १–० गोलले जित्यो । दोस्रो खेलमा डानबक्सको स्कूलले प्यारागनलाई ८–० गोलले हरायो । तेस्रो खेलमा मदरल्याण्ड स्कूलले ग्यालक्सी स्कूललाई ६–२ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । चौथो खेलमा ग्रिनल्याण्डले ज्ञानुदय स्कूललाई १–० गोलले जित्यो । डिएभी र सारदा स्कूलले  वाक ओभरमा जित हासिल गरेको छ । इडेन स्कूल र ओडीसि स्कूल नपाएपछि डिएभी र सारदा स्कूलले  वाक ओभरमा खेल जितेको हो ।

पुस १ गतेसम्म हुने फूटबल टुर्नामेन्टमा ४० वटा टिमको सहभागि छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.