Websoft University

गायक दिल कुमार लिम्बुको आवाजमा "पागल बनायौ "भिडियो सहित ।



काठमाण्डौ मंसिर २८ गते । रातो तारा डट कम,नेपाली  सुगम संगीतमा निकै राम्रो सम्भावना भएका गायक दिल कुमार लिम्बुको आवाजमा रहेको "पागल बनायौँ "गीतको भिडियो सार्वजनिक भएको छ  । प्रेमी प्रेमिका विचको भावनात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ  । आफनी प्रेमिकाको यादमा दिन विताउने प्रेमीको भावनालाई गीतमा समेटिएको छ । प्रेमिकाको यादमा जिवनमा भएको उतार चढावलाई गीतमा समेटिएको गायकले बताए  । जिवनको बास्तविक भोगाईलाई गीतमा समेटिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको कुरा उनले बताए  । दिल कुमार लिम्बुको शब्द तथा संगीत गीतमा रहेको छ  । उत्सव दाहालको छायाँकन , निशान घिमिरेको सम्पादन तथा प्रकाश धितालको निर्देशन भिडियोमा रहेको छ  । "पागल बनायौँ " गीतको भिडियोमा जुना सुन्दास, अर्जुन क्षेत्री र पुर्ण लिम्बुको फिचरिङ तथा अभिनय रहेको छ  । गीतमा प्रेमको त्रिकोणात्मक सम्बन्धलाई ब्यक्त गरिएको छ  ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.