काठमाण्डौ मंसिर २१ गते । रातो तारा डट कम,आज विश्वभरी नै उड्ययन सुरक्षा र व्यवस्थापनको विषयमा पहल गर्दै अन्तराष्ट्रिय नागरिक उड्यन दिवस मनाईंदैछ । हरेक वर्षको डिसेम्बर ७ मा अन्तराष्ट्रिय नागरिक उड्ययन दिवस मनाउने गरिन्छ । सन् १९९४ मा अन्तराष्ट्रिय नागरिक उड्ययन संस्थाको ५० औ वार्षिकोत्सव मनाउन यो दिवस मनाउन शुरु गरिएको हो । त्यससँगै संयूक्त राष्ट्रसंघको महासभाले पनि डिसेम्बर ७ लाई अन्तराष्ट्रिय नागरिक उड्ययन दिवसका रुपमा मान्यता दिएको छ । कुनैपनि राज्य र क्षेत्रको विकासमा उड्यन सुविधाको महत्वपूर्ण भूमिका हुने गर्छ । विकासका पूर्वाधारहरुको स्थापना गर्न, आवतजावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद् व्यवस्थापन गर्न र दूर्गमका बिरामीहरुलाई समयमै उपचारका लागि अस्पतालसम्म समयमैं पु¥याउन उड्ययनको माध्यमबाट सहज हुनेगर्छ । सन् १९५७ मा नेपालमा पनि नागरीक उड्ययन प्राधिकरणको स्थापना भएको हो । उड्ययनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तराष्ट्रिय मापदण्डको हवाईक्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मूख्य उद्देश्य हो ।
Post a Comment