Websoft University

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा आज१८ खेलमा प्रतिस्पर्धा हुने


काठमाण्डौ मंसिर २१ गते । रातो तारा डट कम,नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता–सागको सातौं दिन आज शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धाहुनेछ । सागको सातौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १८ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल,कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पदक तालिकामा छैटौं दिनसम्म भारतले ९३ स्वर्णसहित अग्रता बनाएको छ । ४१ स्वर्ण सहित नेपाल दोस्रो स्थानमा छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.