काठमाण्डौ मंसिर २१ गते । रातो तारा डट कम, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ का ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । बलेफी गाउँपालिका ७ स्थित खाडीचौरमा एक कार्यक्रम गरी वडाभरका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा प्रदान गरिएको छ । वडाको वार्षिक कार्यक्रम अनुसार ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप स्वीटर प्रदान गरिएको वडाध्यक्ष कार्केल लामाले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले उनीहरुलाई स्वीटर प्रदान गर्नुभयो । कार्यक्रममा उपस्थित १ सय ४२ जनालाई स्वीटर प्रदान गरियो । गाउँ सरकारका प्रमुखबाट सम्मानस्वरुप न्यानो कपडा पाएपछि ज्येष्ठ नागरिकहरु खुसी भएका छन् । ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष केदार क्षत्रीले समुन्नत समाज निर्माणमा ज्येष्ठ नागरिकको भूमिकालाई सदैव सम्मान गर्नुपर्ने बताउनुभयो ।
Post a Comment