Websoft University

नेपाल बारले न्यायपरिषदलाइ ध्यानाकर्षण गरायो


काठमाण्डौ मंसिर २१ गते । रातो तारा डट कम, नेपाल बार एशोसियसनले न्यायपरिषद् सदस्यलाई नै सर्वोच्च अदालतको न्यायाधीश बनाउन नहुने भन्दै  कानूनमन्त्री र न्यापरिषद् सदस्यहरूको ध्यानाकर्षण गराएको छ । बार एशोसियनका पदाधिकारीसहितको टोलीले आज न्यायपरिषद् सदस्यसमेत रहनुभएका कानूनमन्त्री उपेन्द्र यादव र परिषद्मा बारका प्रतिनिधि रामप्रसाद सिटौलालाई भेटेरै ध्यानाकर्षण गराएको हो । महासचिव लिलामणी पौडेल र कोषाध्यक्ष रुद्र पोखरेलसहितको बारको टोलीले परिषद् सदस्य सिटौलासमक्ष आफूहरूको धारणाविपरित गएमा अर्को कदम चाल्ने चेतावनी दिएको छ । सर्वोच्च अदालतको न्यायाधीश हुनेगरी परिषद् सदस्य पदमप्रसाद वैदिकले हिजो राष्ट्रपति समक्ष राजीनामा दिनुभएको थियो । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले वैदिकलाई न्यायाधीश सिफारिस गरे पनि निर्णय भने भएको छैन ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.