काठमाण्डौ मंसिर २१ गते । रातो तारा डट कम, सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्कालका लागि यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले विमानस्थलको काम तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो । यथास्थितिमा विमानस्थल निर्माण कार्य अघि नबढाउन माग गर्दै पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले रिट दायर गर्नुभएको थियो । सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले यथास्थितिमा राख्न आदेश दिएकोहो ।
Post a Comment