Websoft University

सुरुङ भित्र काम गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाईते


संखुवासभा, मंसिर २० गते । रातो तारा डट कम,संखुवासभाको मकालु गाउँपालिका, ५ आम्राङमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाईते भएका छन् । आज बिहानको राती साढे २ बजेको समयमा देश भारत आसाम नलबारी बस्ने वर्ष २३ को भाजिदिन अली, देश भारत जिल्ला बर्बता बस्ने वर्ष २६ को हस्तम अली र देश भारत जिल्ला अलिकाद्वार बस्ने  वर्ष २८ को अबुद कर माथिबाट झरेको ढुङ्गाले लागेर गम्भिर घाईते भएका हुन् । घाईते तिनैजनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.