काठमाण्डौ पुस १ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं १० मा नेपाल तामाङ धेदुङ प्रदेश नं १ को दुई दिने प्रथम प्रदेश अधिवेशन मंगलबारबाट सुरु भएको छ । सो अधिवेशन कार्यक्रमको समुद्घाटन गर्ने क्रममा बोल्दै प्रमुख अतिथि १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले जाती, भाषा र लिपिको मौलिक पहिचानको उत्थानमा सबै लाग्नुपर्ने बताए ।
उनले ‘कुनै पनि जातीको लागि विभेदकारी नीति अवलम्बन गरिने छैन’ र ‘कुनै पनि जातीलाई होच्याउने गरी कानुन निर्माण गरिने छैन साथै सहमतिको आधारमा प्रदेशको नाम राखिने बताएका छन्। भाषा, लिपि र संस्कृतिको जगेर्ना नभए नेपालको अस्तित्व पनि नरहने उनको भनाइ थियो । मौलिक पहिचानको संरक्षण गर्न सरकार लागिपरेको उनले स्पष्ट पारेका थिए।कार्यक्रमका सहभागीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नाराले मात्रै विकास नहुने र विकास हुन जनता खुशी हुनुपर्ने भनी बताएपछि त्यसको जवाफ दिने क्रममा उनले सो भनाइ राखेका थिए।
कार्यक्रममा प्रदेश नं १ सांसद राजकुमार ओझा, सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङ, नेपाल तामाङ धेदुङ संघमा आवद्ध प्रदेश नं १ का विभिन्न विशिष्ठ व्यक्तित्वहरू , लगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितिरहेको थियो। कार्यक्रममा नेपाल तामाङ घेदुङ १ नं प्रदेश समितिका अध्यक्ष मित्रसेन योञ्जन तामाङ को सभापतित्व रहेको थियो।
मङ्गलबार शुरु भएको प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार सम्पन्न हुनेछ भने सो कार्यक्रम सचिवालय सदस्य रेख घिसिङले सञ्चालन गरेका थिए।
Post a Comment