Websoft University

पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गरिने–सभापति देउवा


काठमाण्डौ मंसिर २२ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ । पार्टीको भैरहवा सिद्धार्थनगर समितिको दोस्रो नगर भेला तथा साइकल र ह्विल चेयर वितरण समारोहमा सभापति देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो । पार्टीभित्रैबाट विद्रोही उम्मेदवार बन्ने, विद्रोही उमेदवारको प्रस्तावक र समर्थक बनेर पार्टीलाई अन्तर्घात गर्ने कार्यकर्तालाई कारबाही नगर्दासम्म पार्टीभित्र अन्तर्घातको खेल भविष्यसम्म रहिरहने उहाँको भनाइ थियो । पार्टीभित्रै बसिरहने र अन्तर्घात गरेर निर्वाचन हराउने प्रवृत्ति खतरनाक रहेको टिप्प्णी गर्दै देउवाले हालै सम्पन्न उपनिर्वाचनको परिणामबारे २६ मंसिरमा बोलाइएको केन्द्रीय कार्यासमिति बैठकमा समीक्षा गरिने जानकारी गराउनुभयो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.