काठमाण्डौ मंसिर २२ गते । रातो तारा डट कम,नेपालको मानव अधिकारको वर्तमान अवस्थाका बारेमा छलफल गर्न आजै देखि काठमाडौँमा ११ औं मानव अधिकार राष्ट्रिय महाभेला हुने भएको छ । सन् २००९ बाट नेपालमा मनाउन थालिएको महाभेला यसपटक सप्ताहव्यापी रुपमा मनाउन थालिएको पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । गैर सरकारी संस्था महासंघ नेपालका अनुसार ‘दिगो विकासको आधार, सबैका लागि मानवअधिकार’ भन्ने नाराका साथ मनाउन लागिएको महाभेलामा २ सयभन्दा बढी मानवअधिकार क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले सहभागिता जनाउने छन् । ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपालमा मानव अधिकार राष्ट्रिय महाभेलाको आयोजना गर्न लागिएको महासंघले जानकारी गराएकोछ ।
Post a Comment