काठमाण्डौ मंसिर २२ गते । रातो तारा डट कम,नेपालमा जारी सागमा ८९ स्वर्ण जितेर भारत पहिलो स्थानमा कायमै रहेको छ । भारतले अहिले सम्म ६२ रजत, २८ कास्य ल्याएर १ सय ७९ पदक जितेको छ । यस्तै नेपाल भने ४३ स्वर्ण २८ रजत र ५५ कास्य सहित १ सय २६ पदक जितेर दोस्रो स्थानमा कायमै छ । यस्तै श्रीलंका २४ स्वर्ण ४७ रजत ७३ कास्य सहित १ सय ४४ पदक ल्याएर तेस्रो स्थानमा छ भने पाकिस्तान १९ स्वर्ण २५ रजत, ३२ कास्य सहित ७६ पदक सहित चौथो स्थानमा छ । बंगलादेशले भने ४ स्वर्ण पदक जितेको छ भने १८ रजत, ५२ कास्य गरि ७४ पदक जितेको छ । माल्दिभ्सले एक स्वर्ण र २ कास्य जितेको छ भने भुटानले ५ ओटा कास्य मात्रै जितेको छ ।
Post a Comment