शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दर हरैचा वार्ड नं ७ मा रहेको श्रृजना सामुदायिक वन उपभोक्ता समूहले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेकोछ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैचा वार्ड नं ७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौलाले सामुदायिक वनहरुले ल्याएको कार्ययोजनाहरुलाई जनप्रतिनिधिले नगरपालिका सँग समन्वय गरेर कार्यक्रम सफल पार्न निरन्तर रूपमा साथ सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए।
विशिष्ठ अतिथिमा सव डिभिजन कार्यालय सलकपुरका प्रमुख लाल बा माझी, अतिथिहरुमा सुन्दरपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रबिन्द्र आचार्य, वार्ड नं ७ का वार्ड सदस्य भुवन सिंह आले मगर , महिला सदस्य मिना ओझा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भक्ति प्रसाद सिटौलाको अध्यक्षतामा भएको थियो ।
सञ्चालक समितिका सदस्य मोहन खरेलले स्वागत मन्तव्य दिएको थियो ।
सो कार्यक्रम समूहकी सचिव भगवती पराजुलीले सञ्चालन गरेकी थिइन्।
Post a Comment