शिव भट्टराई,मोरङ मंसिर २३ गते ।
रातो तारा डट कम,"भ्रष्टाचार विरुद्धको सहकार्य शुसासनका लागि अपरिहार्य" भन्ने मूल नाराका साथ भ्रष्टचार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको आयोजनामा भएको कार्यक्रम सम्पन्न भएको छ।
सोमबार भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि १ नं प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश नं १ लाई भ्रष्टाचार विरुद्धको पनि नं १ बनाउनु पर्नेमा जोड दिनु भएको थियो।उनले भ्रष्टचार देशकै क्यान्सर भएकोले त्यसलाई मिल्काउन सबैले योगदान पुर्याउनु पर्ने र भ्रष्टाचारको न्यूनीकरण गर्नका लागि भ्रष्टाचार एक सामूहिक दुस्मन हो यसलाई सामूहिक प्रहार गरेर निशाना को रूपमा लिनु पर्ने बताए।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका कार्यालय प्रमुख चक्र वहादुर बुढाको अध्यक्ष्यता रहेको थियो।स्थानिय तहमा भ्रष्टचार मौलाउदो अवस्थामा रहेको बेला कार्यक्रममा यो गम्भिर बिषयमा स्थानीय जनप्रतिनिधिहरु बीच वृहद अन्तक्रिया चलेको थियो।
कार्यक्रममा प्रदेश नं १ का प्रमुख सचिव सुरेश अधिकारी, इटहरी उपमहानगरपालिका का मेयर द्धारीकलाल चौधरी, मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल , पत्रकार लिलाराज भट्टराई लगायतले बोलेका थिए।कार्यक्रममा जनप्रतिनिधि, कार्यलय प्रमुखहरु, सुरक्षा निकाय लगायतको सहभागीता रहेको थियो भने सो कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका शाखा अधिकृत गिरिराज भट्टराईले सञ्चालन गरेका थिए।
Post a Comment