Websoft University

छुवाछुतकोए विरोधमा उजूरी नलिने प्रहरीमाथि कारवाही हुने


विराटनगर मंसिर २३ गते । रातो तारा डट कम, मानवता विरोधी कार्य गर्नेलाई कानून अनुसार कारवाही गरिने प्रदेश नं–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
राष्ट्रिय मानवाधिकार आयोग प्रदेश १ कार्यालयले आज विराटनगरमा आयोजित ‘सबैका लागि घर–घरमा मानवाधिकारः शान्ति र विकासको आधार’ प्रमुख नाराका साथ ७१औँ अन्तराष्ट्रिय मानवाधिकार दिवस तथा मानवाधिकार प्रदेश महाभेला–२०७६ को सन्दर्भमा ‘दलित मानव अधिकारको अवस्था र चुनौती’ विषयक अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले छुवाछुतकोए विरोधमा उजूरी नलिने प्रहरीमाथि कारवाही हुने बताए ।
दलितहरुको मानव अधिकारको अबस्था र आगामी योजनाहरुबारे बोल्दै मन्त्री कार्कीले प्रदेश १ लाई जातिय छुवाछुत मुक्त्त बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै छुवाछुतका घटना मिलापत्र गराउने प्रहरी , न्यायिक समितका पदाधिकारी वा प्रशासनका कर्मचारी जोसुकैलाई कार्वाही गर्ने बताए । उनले दलितहरुको पक्षमा निर्माण भएका कानुनहरुकोवारे जानकारी गराउन तल्लो तहसम्म प्रदेश सरकारले सचेतना अभियान सञ्चालन गर्ने रछुवाछुत अन्तकालागि प्रयास गर्ने अभिन्ता , अभिभावक र नागरिक समाजलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि गरे ।
मानव अधिकारको पालना राज्य सरकारको दायित्व भएकोले प्रदेश सरकार संबिधान , अन्तराष्ट्रिय कानुन अनुसारको आवश्यक कानुन निर्माण गर्न सचेत रहेको बताउदै मन्त्री कार्कीले जातिय छुवाछुत बिरुद्ध क्षमता अनुसारको सयन्त्र परिचालन गरेर जागरण अभियान सञ्चालन गराउने जानकारी पनि गराए । मानवाधिकार विषयमा राज्यले तय गरेको न्यूनतम मापदण्ड पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री कार्कीले आर्थिक र सामाजिक कारणले प्रश्रय पाएको यस्तो घिनलाग्दो विषयलाई समाजबाट हटाउन सबै सजग बन्नु पर्नेमा जोड दिए ।
प्रदेश सांसद जयराम यादबले आफनो गर्वकालागि पिडित समुदायनै सघर्ष गर्नुपर्नेमा जोड दिए । उनले दाबेदारहरु सक्रृय भएमात्र कानुनमा उल्लेख भएको समानताको हक व्यवहारमा कार्यान्वयन हुन्छ भने ।
प्रमुख न्यायाधिवक्ता चुडामणि आचार्यले मानवसभ्यताका कलङ्कका रुपमा रहेको छुवाछुत हटाउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए । प्रहरी उपरीक्षक विश्व अधिकारीले मानव मर्यादा र प्रतिष्ठामा आँच आउने छुवाछुतलाई प्रश्रय दिनेलाई कारवाही हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष विक्रम लुइँटेल, अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रमुख सोमराज थापा, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नेपाली काँग्रेस मोरङका सचिव यदु विष्ट र राष्ट्रिय मानवाधिकार आयोगका प्रमुख मोहनदेव जोशीले सामाजिक परिवर्तनको दिशातर्फ हामी सबैले एकजुट भएर लागेमा छुवाछुत प्रथा हट्ने विश्वास व्यक्त गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.