फायल फोटो,
सुनसरी । रातो तारा डट कम,प्रदेश नम्बर १ का सामाजिक बिकासमन्त्री जीवन घिमिरेले सामाजिक संजालका कारण लैङ्गिक हिंसाका घटना वढेको वताउनुभएको छ । लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलनलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मादक पदार्थ हिंसाको अर्को कारण रहेको मन्त्री घिमिरेको भनाइ छ । उहाँले देशमै प्रदेश नम्वर १ मा सवैभन्दा वढि मदिरा सेवन गर्ने गरेको तथ्यांक रहेको सुनाउनुभयो । लैङ्गिक हिंसा विरुद्धको अभियानमा पुरुष सहभागिता वढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा संविधानसभाका सांसद रेवती रमण भण्डारीले महिला हिंसा विरुद्ध अन्य देशमा नभएका प्रावधान समेत नेपालको संविधानमा रहेको वताउनुभयो । कानुनी दायरा फराकिलो वनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि वढेको वताउनुभयो ।
प्रदेश सांसद लिलम वस्नेतले इटहरी लैगिंक हिंसामुक्त क्षेत्र वन्ने गरि परिणामुखी कार्यक्रम संचालन गरिनुपर्नेमा जोड दिनुभयो ।
Post a Comment