शिव भट्टराई,मोरङ । रातो तारा डट कम,"समानताको पुस्ता,बलात्कार बिरुद्धको एक्यवद्धता" भन्ने मूल नाराका साथ मोरङको सुन्दर हरैचामा २८ औं अन्तराष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान मंगलबार विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
ओरेक नेपाल नगर सञ्जाल,माइती नेपाल नगर सञ्जाल,नारी विकास संघ, परोपकार महिला समुह , अपाङ्गता महिला समुह लगायत अन्य संघ संस्थाहरुको सहकार्य साथै सुन्दर हरैचा नगरपालिकाको आयोजनामा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान गरिएको हो ।
अभियान अन्र्तगत सुन्दर हरैचा नगरपालिका देखि निकालिएको महिला हिंसा बिरुद्धको र्यालीले बजार परिक्रमा गरि पुन नगरपालिकामै आएर टुङ्याईएको थियो । र्यालीमा सरकारी निकायका पदाधिकारी,राजनीतिक दल तथा जनप्रतिनिधिहरु,सामाजिक संघ संस्थाका प्रतिनिधि र स्थानियहरुको ठुलो उपस्थिति रहेको थियो ।
र्याली पछि नगरपालिकामा औपचारिक कार्यक्रमको आयोजना भएको थियो । उक्त कार्यक्रममा महिला हिंसा र कार्यक्रमको औचित्यबारे सुन्दर हरैचा नगरपालिका का प्रमुख शिव प्रसाद ढकाल साथै उपप्रमुख धन माया तामाङले प्रकास पारेका थिए भने सोही अवसरमा महिला हिंसा विरुद्धको जनचेतनामुलक नाटक पनि प्रर्दशनी गरिएको थियो।
Post a Comment