काठमाण्डौ । रातो तारा डट कम,नेपालमा भएको दक्षिण एसियाली खेलकुद सागमा ५१ स्वर्ण सहित नेपाल दोस्रो भएको छ । भारत १ सय ६२ स्वर्ण सहित पहिलो भएकोछ । भारतले ९१ रजत ४४ कास्य सहित २ सय ९७ पदक जितेको छ ।
नेपालले भने ५५ रजत ९२ कास्य सहित १ सय ९६ पदक जितेको छ । तेस्रो स्थानमा ३९ स्वर्ण सहित श्रीलंका रह्यो । श्रीलंकाले ७९ रजत, १ सय १९ कास्य सहित २ सय ३७ पदक जितेको छ । यसैगरि पाकिस्तान ३० स्वर्ण ३७ रजत, ५४ कास्य सहित १ सय २१ प्दक जित्न सफल भयो ।
बंगलादेशले १९ स्वर्ण ३२ रजत तथा ८२ कास्य सहित १ सय ३३ पदक जित्यो । माल्दिभ्सले एक स्वर्ण र ३ ओटा कास्य मात्रै जित्न सफल भयो भने भुटानले ७ रजत र १३ कास्य गरि २० पदक जितेको छ ।
Post a Comment