बेलवारी मोरङ मंसिर २५ गते । रातो तारा डट कम, मोरङ बेलबारी न.पा. ५ रामपुर स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको को.१ क.३०४६ न.को कसेनी बोडिङ स्कुलको बसमा ऐ.ऐ.बस्ने प्रमोद साहको श्रीमती शिब कुमारी साहले निजको बर्ष ५ को छोरा सोनु साहलाई बसमा चढाउन बर्ष १ को यस राज साह समेतलाई साथमा लिई आएको र बर्ष १ को बच्चालाई भुईमा राखी ठुलो बच्चालाई बसमा चढाएको तथा बस गुड्ने क्रममा भुईमा रहेको निजको बर्ष १ को बच्चा यसराज साहलाई उक्त बसले किचि घट्नास्थलमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईप्रका बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली खटि गई कानुनी प्रकृया पुरा गरी बस र चालक ऐ.ऐ. ६ बस्ने बर्ष(४० को डम्बर ब.खड्का ईप्रका बेलबारीको नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।
Post a Comment