la/f6gu/
d+l;/ @% ut] . /ftf] tf/f 86 sd, विराटनगर –३ मा अवस्थित ईडेन नेशनल बोर्डिङ स्कुलले अभिभावकलाई लक्षित गरि मन्टेस्वरी तालिमको आयोजना गरेको छ । सि.टि.एफ. नेपालको सहयोगमा गरिएको तालिममा कक्षा एकसम्म अध्ययन गरिरहेका विद्यार्थीका १ सय ४० जना अभिभावकले भाग लिएका थिए ।
कार्यक्रममा विद्यालयले अभिभावकहरुलाई मन्टेस्वरी पद्दतीका बारेमा स्पष्ट पारेको
थियो । अभिभावकलाई विद्यालयमा रहेको फुटसलमा विभिन्न खालका खेल खेलाएर बच्चालाई पढाउने विधि समेत सिकाईयो । अभिभावक र विद्यार्थी सँगै राखेर गरिएको उक्त कार्यक्रमबाट अभिभावकहरुले विद्यालयले अपनाएको शिक्षण प्रणलीलाई नजिकबाट बुझ्न पाएको र उक्त कार्यक्रमबाट धेरै ज्ञान हाँसिल भएको कुरा अभिभावकले बताए ।
विद्यालयले विगत एक बर्षदेखि मन्टेस्वरी पद्दती लागु गरेको हो । अहिले मन्टेस्वरी कक्षामा २ सय ३४ विद्यार्थी छन् । विद्यार्थीको सार्वर्ङिण विकासका लागि धरै पूर्वाधार तयार भएको कुरालाई अवगत गराउँदै विद्यालयका संस्थापक अध्यक्ष तुलसीप्रसाद पोखरेलले ईडेन स्कूललाई नमुना विद्यालय बनाउने बताए । ईडेन स्कूल सिक्ने स्कूलका रुपमा परिचित हुँदै आएको छ ।
Post a Comment