Websoft University

१३ जनाले फिर्ता गरे अनुदान रकम



काठमाण्डौ मंसिर २३ गते । रातो तारा डट कम, सिन्धुपाल्चोकका १३ जनाले भूकम्पपछिको पुर्ननिर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम फिर्ता गरेका छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले अन्यत्र घर भएका तथा दोहोरो अनुदान लिएकालाई लिएको रकम फिर्ता गर्न सार्वजनिक सूचना प्रकाशित गरेपछि सिन्धुपाल्चोकका १३ जनाले अनुदान रकम फिर्ता गरेका हुन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन ईकाईको अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयका अनुसार सुनकोसी गाउँपालिका ठोकर्पाका प्रेम कार्की, वडा नम्बर ६ का डीलबहादुर कार्की, सिताराम भण्डारी, बलेफी दुइका पदम बहादुर तामाङ, वडा नम्बर सातका ददिमायाँ पौडेलले अनुदान बापत लिएको पहिलो किस्ता सरकारलाई फिर्ता गरेका हुन् । चौतारा साँगाचोकगढी नौका बादल तामाङ, चौसागढी सातका राजेन्द्र श्रेष्ठ, जगतबहादुर श्रेष्ठ र चन्द्रकुमारी दंगालले पनि अनुदान फिर्ता गरेका छन् । चौसागढी ११ का महेन्द्र गिरी, मेलम्ची चारका कृष्णहरी खनाल, मेलम्ची १२ का झंकप्रसाद दुलाल र हेलम्बु एकका मिङमार लामाले पनि अनुदानको रकम फिर्ता गरेका छन् । २०६८ सालको जनगणना अनुसार सिन्धुपाल्चोकको कुल घरधुरी संख्या ६७ हजार हाराहारी थियो । भूकम्पपछि ८५ हजार भन्दा बढि पीडित लाभग्राही सूचीमा छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.