Websoft University

बिद्यालयको पक्की भवनले ल्यायो खुशी


काठमाण्डौ मंसिर २३ गते । रातो तारा डट कम,काभ्रेको विकट महाभारत गाउँपालिकामा बिद्यालय पुननिर्माणले तीव्रता पाएको छ । भूकम्प अगाडि सामान्य बिद्यालय भवन रहेका र भूकम्पका कारण सबै भत्किएका गाउँपालिकाका ३२ बिद्यालयमा भूकम्पपछि पक्की भवन निर्माण भइसकेका छन् भने बाँकी रहेका भवन पनि धमाधम बनिरहेका छन् । महाभारत गाउँपालिका वडा न १ गोकुले माध्यमिक बिद्यालयका प्रधानध्यापक पदमप्रसाद तिमल्सिनाले पक्की भवनको कल्पनै गर्न नसकिने यस भेगमा पक्कि भवनले खुशी दिएको बताउनुभयो । भूकम्पपछिको बिद्यलयको पुन निर्माण यस क्षेत्रका लागि बरदान नै बनेको उहाँले बताउनुभयो । मुलुक सङ्घीय संरचनामा गएसँगै भएका स्थानीय तहको पुनसंरचनाले महाभारतको विकासलाई फड्को मार्न सकेको स्थानीयहरु बताउँछन् ।  स्थानीय सरकार आएसँगै भएको सडक विस्तारले विकटमा पनि पक्की भवन बन्न सम्भव भएको उनीहरुको भनाईछ । पक्की बिद्यालयका भवन निर्माण भएपछि स्थानीय, शिक्षक, बिद्यार्थी, अभिभावक खुशी भएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.