Websoft University

सुन्तला खेतीलाइ प्रोत्साहन गर्न कुरुम्बामा महोत्सब


काठमाण्डौ मंसिर २३ गते । रातो तारा डट कम,पाँचथरको मिक्लाजुङ गाउँपालिका पाँच, कुरुम्बामा गत शुक्रबारदेखि जारी सुन्तला महोत्सव सकिएको छ । सुन्तला कृषकलाई प्रोत्साहित गर्न र सुन्तला खेतीलाई आधुनिकिरण गर्न महोत्सवको आयोजना गरिएको मिक्लाजुङ पाँच, कुरुम्बाका वडा अध्यक्ष अविशन लाओतीले बताउनुभयो ।

महोत्सवमा सुन्तलासँग सम्बन्धित विभिन्न स्टल राखिएका थिए । त्यस्तै सुन्तला खेतिलाई आधुनिकिरण गर्न सहयोग पुग्ने विभिन्न कार्यक्रम आयोजना गरिएका थिए । कुरुम्बा गाउँलाई सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास गरी सुन्तला खेतिको प्रबद्र्धन गरिंदै आएको छ । कुरुम्बामा बार्षिक एक करोड बढीको सुन्तला उत्पादन हुने गरेको छ ।

त्यहाँको सुन्तला ब्यापारी मार्फत् तराईका विभिन्न बजारमा पुग्ने गरेको छ । कुरुम्बाका सुन्तला कृषकलाई प्रोत्साहित गर्ने किसिमका विभिन्न कार्यक्रम ल्याउन लागिएको पनि मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले बताउनुभयो । पाँचथरमा ६ सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिंदै आएको छ । कृषि ज्ञानकेन्द्र पाँचथरका अनुसार यस बर्ष पाँचथरमा सात हजार ६५७ टन सुन्तला उत्पादन भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.