Websoft University

इजरायलसँग सरकारले नयाँ समझदारीका लागि पहल गर्यो



काठमाण्डौ मंसिर २८ गते । रातो तारा डट कम,सरकारले इजरायलसँग श्रम समझदारी पुनरावलोकनका लागि प्रस्ताव गरेको छ । यसअघि भएको समझदारी अन्योलपूर्ण र प्रभावहिन देखिएपछि सरकारले नयाँ समझदारीका लागि पहल गरेको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले यसअघि नै सरकारी तवरबाट श्रमिक पठाउने गरी समझदारी गरिसकेको थियो । 

इजरायलले नेपालबाट ‘केयर गिभर’ अर्थात हेरचाहा गर्नेहरु मात्रै लैजान चासो देखाएपछि त्यसैअनुसार प्रस्ताव गरिएको हो । अहिले मस्यौदा पठाइएपछि इजरायलले त्यसको जवाफ दिईनसकेको मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुंगानाले बताउनुभयो । इजरायलसँग २०७२ साउनमा नेपालबाट केयर गिभर लैजाने विषयमा  समझदारी भएको थियो । 

तर इजरायलले करिब १ सय १० जनालाई मात्रै सरकारी तवरबाट रोजगारी दिएको छ । त्यसपछि सम्झौता कार्यान्वयनमा इजरायलले चासो नदेखाएपछि समझदारी पत्रको पुनरावलोकनका लागि प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.