काठमाण्डौ मंसिर २८ गते । रातो तारा डट कम,मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको परियोजना । सरकार फेरिएसँगै मेलम्चीको चर्चा पनि चुलिन्छ । झण्डै ३० बर्षदेखि मेलम्चीको चर्चा जति छ, काठमाडौंबासीलाई पानीको पखाई पनि उत्तिकै छ । मेलम्चीको पानी कहिले आउँछ ? यो प्रश्न काठमाडौं बस्ने हरेक नागरिकको मनमा छ ।
एकदुई भाँडा पानीको लागि रात बिरात उठ्नुपर्ने, थोरै पानीले धेरै दिन टार्नुपर्ने उपत्यकाबासीको बाध्यता हो । धारामा पानी नआउने । हिउँदमा इनार सुक्ने भएपछि काठमाण्डौबासीलाई सधंै पानीको अभाव भइरहन्छ । काठमाडांैमा जनघनत्व बढेसँगै पानीको अभाव चुलिंदै छ । काठमाडौंबासीको यो समस्या सधंैको लागि हटाउने भन्दै सरकारले मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको छ ।
२०४६ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने भनेसँगै मेलम्चीको चर्चा सुरु भएको हो । त्यसयता निरन्तर रुपमा मेलम्चीको चर्चा सुनिएको छ, तर पानी आउँदैन । सरकारको पछिल्लो योजना अनुसार गत बर्षको दशंैमै काठमाडौंबासीले मेलम्चीको पानी खान पाउनुपर्ने हो । त्यसयता पनि मेलम्चीको पानी काठमाडौं ल्याउने भाका पटक पटक स¥यो । मेलम्ची खानेपानी आयोजना अन्तरगत सुन्दरीजलमा पानी प्रशोधन केन्द्र बनेको छ ।
मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौं आउनेछ । त्यसमध्ये साँढे आठ करोड लिटर पानी प्रशोधन गर्न मिल्ने ट्याङ्की बनिसकेको छ । खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे यही वर्षभित्र काठमाडौंमा पानी ल्याउने प्रयास भइरहेको बताउनुभयो । खानेपानी ल्याउनको लागि खनिएको सुरुङ्ग पनि यसअघि नै सम्पन्न भइसकेको छ । तर त्यसलाई अन्तिम रुप दिने काम भने अहिले भइरहेको छ ।
मेलम्ची खानेपानी आयोजना व्यवस्थापनका इन्जिनियर सुनिल ढुगेंल काम अन्तिम चरणमा पुगिसकेको दाबी गर्नुहुन्छ । आयोजनाको निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिनो हाईड्रोलाई दिईएको छ । १२ महिनाभित्र सुरुङ र १५ महिनाभित्र हेडवर्कस निर्माण गरिसक्ने समयसीमा दिईएको छ । खानेपानी मन्त्री विना मगर भने एक बर्षभित्रमा काठमाण्डौबासीको समस्या समाधान हुने दाबी गनुर्हुन्छ । बर्षौ अघिको राष्ट्रिय गौरबको आयोजनाले पूर्णता नपाउँदा मेलम्चीको पानी खाने काठमाडौंबासीको चाहना पूरा हुन सकेको छैन ।
Post a Comment