Websoft University

निजी तथा आवासीय विद्यालयले सन्चालन गरेको, प्याब्सन विराट कप फूटबल टुर्नामेन्ट आजैबाट सुरु


विराटनगर मंसिर २७ गते । रातो तारा डट कम, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा प्याब्सन विराट कप फूटबल टुर्नामेन्ट सुरु भएको छ । विराटनगरस्थित सहिद रङ्गशालमा आजदेखि फुटबल टुर्नामेन्ट सुरु भएको हो ।

पहिलो दिन चार वटा स्कूल विजयी भएको छ । विराटनगरस्थित सेन्टजोसेफ, गोदावरी, डाँन र जनक मेमोरियल स्कूल विजयी भएको हो । प्रतियोगिताको पहिलो खेलमा सेन्टजोसेफ स्कूलले सप्तकोशी स्कूललाई टाइब्रेकरमा ३–२ गोले पराजित गरि सेन्टजोसेफ दोस्रो चरणमा प्रवेश गरेको हो । 

दोस्रो खेलमा पनि गोदावरी स्कूलले टाइब्रेकरमा जेम्स इन्टरनेशनल स्कूललाई ४–३ गोल अन्तरले पराजित गरि गोदवारी विजयी भएको छ । दुवै खेलमा निर्धारित समयसम्म गोल रहित खेल बराबरी भएपछि टाइब्रेकरबाट खेलकोे छिनोफानो भएको थियो ।

त्यस्तै तेस्रो खेलमा डाँन स्कूल विजयी भएको छ । डान स्कूलले ए–वान क्वालिटी स्कूललाई ३–० गोल अन्तरले पराजित गरि डाँन स्कूल दोस्रो चरणमा प्रवेश गरेको हो । यसैगरि प्रतियोगिताको चौथो खेलमा मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटको जनक मेमोरियल स्कूल विजयी भएको छ । जनकले सनसाइन बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गरि जनक दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिताको शनिबारको खेल दुई वटा खेल मैदानमा १६ वटा टिमको हुनेछ । धेरै टिम भएकोले सहिद मैदान र दिल्ली पब्लिक स्कूलको खेल मैदानमा प्रतियोगिता हुने प्याब्सनको सचिब अर्जुन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले गरेका थिए । पुस १ गतेसम्म हुने फूटबल टुर्नामेन्टमा ४० वटा टिमको सहभागिरहेको सचिब श्रेष्ठले बताए ।

फुटबल खेल क्षेत्रको विकास गराउनुको साथै दक्ष खेलाडी उत्पादन गराउने उद्देश्यले प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट आयोजना गरिएको प्याब्सन नगर अध्यक्ष इन्द्र राईले बताए । प्रतियोगिताको विजेताले सुन, चाँदी र पित्तलबाट बनेको आकर्षक कप प्रदान गरिनेछ । विजेता टिमलाई प्रदान गरिने कप रनिङ रहनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.