Websoft University

इटहरीस्थित सूर्य कम्प्लेक्समा भिषण आगलागी


बिराटनगर । रातो तारा डट कम,इटहरी र इटहरीको मुख्य चौकमा रहेको सूर्य कम्प्लेक्समा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। सूर्य कम्प्लेक्स स्थित होटल बिगबारबाट राति १ बजेबाट सुरू भएको आगो नियन्त्रण प्रसाय जारी रहेको छ । 

आगोबाट होटल बिगबार पूर्ण रूपमा जलेर नष्ट भएको छ भने तल्लो तलामा रहेको ग्लोबल आइएमइ बैंक समेत असुरक्षित रहेको छ । आगोको मुस्लो देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ । 

चौथो तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको बताइएको छ । इटहरी, धरान, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका छन् । आगलागीको कारणसहितको विस्तृत विवरण आउन बाँकी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.