इटहरी । रातो तारा डट कम, मिस पुर्वान्चल २०१९ का २० जना प्रतियोगीहरु बिहिबार दिउँसो कोहि इटहरी चोकमा पैदल यात्रीह?लाई जेब्रा क्रसिंगमा हिड्न सिकाउदै थिए भने कोहि हेल्मेटको तुना नलगाई बाइक कुदाउनेलाइ तुना लगाएर हिडनुपर्छ भन्दै सिकाउदैथिए । प्रतियोगीहरुलाई विभिन्न तालिम दिने क्रममा ट्राफिक सचेतना सम्बन्धि तालिम दिदै एकदिन स्वयमसेवकको रुपमा ट्राफिक प्रहरीह? संगै खटाईएको थियो ।
ट्राफिक प्रहरीको अगुवाइमा प्रतियोगीहरु बिरेन्द्र चोक , पश्चिम लाइन, पुर्व लाइन र बिराटनगर लाइनमा खटिएका थिए । उनीह?ले ६) जना जति नियम मिच्ने सवारी चालकह?लाई फेरि यस्तो नगर्न र सम्भावित दुर्घटना बाट बच्नको लागि अनुरोध गर्दै सबैलाई चकलेट वितरण गरेका थिए ।
१ न. प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पुर्वान्चल लुब्रिकेन्ट्स बिराटचोकको सहयोगमा इटहरीमा गरिएको ट्राफिक सचेतना कार्यक्रम अघि प्रतियोगीह?लाई १ न. प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक भिम बहादुर दाहाल र प्रहरी निरीक्षक होमनाथ दाहालले ट्राफिक नियम सम्बधि तालिम दिनुभएको थियो ।
Post a Comment