Websoft University

बागमती नदिमा झोलुङ्गे पुल निर्माण गरिने



काठमाण्डौ मंसिर १५ गते । रातो तारा डट कम,रौतहटको माधवनारायण नगरपालिकाका बागमती नदिमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । नगरपालिकाको पुर्वीभेग स्थित बागमती नदिको खरकी रजवाडा घाटमा झोलुङ्गे पुल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको हो । 

केन्द्रिय बजेटबाट करोडौको लागतमा बन्न लागेको उक्त झोलुङ्गे पुलको निर्माण कार्य यसै आर्थिक वर्ष देखी शुरु हुने नगरपालिकाका प्रमुख विरेन्द्र यादवले जानकारी दिनुभयो । करिव आठ करोडको लागतमा निर्माण हुन लागेको पुलको निर्माण कार्य दुई वर्षमा सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार पुलको टेण्डर समेत भइसकेको र चाडै निर्माण कार्य पनि शुरु हुने छ । 
वर्षोदेखी खरकी रजवाडा घाटमा पुल नहुँदा नगरपालिकाका माधोपुर, सिंगारमन धर्मपुर, लौकाहा सहित पुर्वी भेगका दर्जनौ गाउँका बासिन्दा डुंगामा जोखिम पुर्ण यात्रा गर्दै आएका छन् । स्थानीयले पुल बनाउन पटक–पटक ताकेता गरेपछि उक्त पुल निर्माण गर्ने तर्फ नगरपालिकाको ध्यान गएको स्थानीयले बताएका छन् । पुल निर्माण भएपछि अहिले जोखिम पुर्ण यात्रा गर्न बाध्य भएका सर्वसाधारणलाई राहत मिल्ने छ । 

त्यस्तै यसै कार्यक्रममा नगरका वडा नं दुइ खेसरहियामा एउटा सुविधा सम्पन्न १५ शैयाको अस्पताल पनि निर्माण हुने भएको छ । यसै आर्थिक वर्षमा खेसरहियामा अस्पतालको निर्माण कार्य शुरु हुने प्रमुख यादवले बताउनुभयो । अस्पतालको टेण्डर भइसकेकोले अब निर्माण कार्य पनि चाडै शुरु हुने उहाँको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटबाट उक्त अस्पताल निर्माण हुन लागेको हो । 

अस्पताल दुई वर्ष भित्रमा निर्माण गरिसक्ने नगरपालिकाको योजना छ । माधवनारायण नगरपालिकामा एउटा पनि राम्रो अस्पताल नहुदाँ नागरिकले बिरामी पर्दा विरगंज, काठमार्डौ जानुपर्ने बाध्याता छ । समयमै उपचार हुन नसक्दा ज्यान केहीको मृत्यु समेत भएकाले नगरपालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न लागिएको पनि नगरप्रमुख यादवले बताउनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.