Websoft University

खोरुङगा खोलामा डाईभर्सन निर्माण भएपछि आवत जावतमा सुविधा



काठमाण्डौ मंसिर १५ गते । रातो तारा डट कम,तेह्रथुमको फेदाप गाउँपालिका र म्याङलुङ नगरपालिका जोड्ने खोरुङगा खोलामा अस्थायी डाईभर्सन निर्माण भएपछि सवारी साधन र पैदल यात्रुलाई आवत जावतमा सहज भएको छ । फेदाप गाउँपालिकाले १६ लाख रुपैंया लागतमा खोलामा ह्युम पाईप राखेर अस्थायी डाईभर्सन निर्माण गरेको हो । 

डाईर्र्भसन निर्माणपछि फेदाप र आठराई गाउँपालिका र म्याङलुङ नगरबासीलाई ओहोर दोहोर गर्न सजिलो भएको हो । पुल अभावमा बर्षादको समयमा बर्षाै देखी समस्या भोग्दै आएका फेदाप गाउँपालिकाबासीलाई डाइभर्सन निर्माणपछि पुर्वी तराईबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तु दुवानी गर्न र गाउँमा उत्पादन भएको कृषि उपज पुर्वी तराईका बजारमा पठाउन सहज भएको गाउँपालिका अध्यक्ष हरीप्रसाद चोङबाङले बताउनुभयो । 

डाईभर्सन निर्माणपछि पुर्व तराईबाट आएका यात्रुबाहक र मालबाहक सवारी साधन एकै दिनमा गाउँपालिका भित्रीन थालेका छन् । खोलामा निर्माण गरीएको र्डाभर्सनले आठराई र फेदाप गाउँपालिकाबासीलाई सडक सञ्जालका हिसावले पुर्वी तराईसंग जोडेको गाउँपालिका अध्यक्ष चोङबाङको भनाइ छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.