Websoft University

हरिबोधनी एकादशीको अवसरमा वृहद रक्तदान कार्यक्रम सम्पन्न


शिव भट्टराई,मोरङ कार्तिक २२ गते । रातो तारा डट कम,
आज हरिबोधनी एकादशीको अवसरपारेर सुन्दरहरैंचा नगरपालिका -२ को मृगौलिया स्वास्थ्य चौकीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । प्रगति महिला समाजकाे मुख्य आयाेजना तथा नेपाल रेडक्रस साेसाइटीकाे प्राविधिक सहयाेगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । विहान ८ बजे देखिसुरू भएकाे रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । 

रक्तदान कार्यक्रमकाे प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथि रायमाझीले भने रक्तदान गर्न डराउनु पर्दैन, थाेरै रगत दिँदैमा यसले स्वास्थ्यमा कुनै हानी गर्दैन बरू त्याे रगतले कसैकाे अमुल्य जीवन जाेगाउन सहयाेग पुग्छ तसर्थ रक्तदान गर्न सँधै सबै अग्रसर हुनु पर्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि रायमाझीले आफुले ३४ पटक सम्म रक्तदान गरेकाे बताउदै रक्तदान गर्नेहरुकाे हाैसला बढाएका थिए ।

सेवाको भावना भएका सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले समेत रक्तदान गरेका थिए।
त्यसैगरी  विभिन्न संघ-संस्थाका तथा क्लवका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि तथा स्थानिय युवाहरूले साथै एक जना ब्रत बसेकी महिला  रगत दान गरेकी थिन ।

रगत चाहिएको बेलामा उपलब्ध हुन नसक्दाको पिडा त बिरामी र कुरुवालाई छदैछ । चाहिएकाे बेला बल्ड बैंकमै रगत अभाव हुने गरेकाेले थाेरै रगत अभावकै कारण कसैले अकालमा ज्यान गुमाउन नपराेस भनेर प्रगती महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले आफ्नो संस्थाबाट खुल्ला बृहत रक्तदान कार्यक्रमको आयोजना गरेकाे बताइन्।शुक्रबार भएको रक्तदान कार्यक्रम भने पत्रकार एलएन गच्छेदारले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.