Websoft University

आज हरिबोधनी एकादशी


बिराटनगर कार्तिक २२ गते । रातो तारा डट कम, आजको दिनलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । यो हरिबोधनी एकादशी हो । मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुनेगर्छ । आजदेखि विष्णु भगवान शयनबाट ब्युँझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि राम्रो मानिन्छ । भगवान विष्णुको प्रतीक तुलसीको पनि आजै विवाह गर्ने गरिन्छ । आजको दिनलाई तुलसी विवाहको दिनको रुपमा पुज्ने चलन छ । घरघरमा सजाइएको तुलसीको मठमा आज पवित्र विधि परम्परा अनुसार पूजा गर्ने चलन रहिआएकोछ । आज काठमाडौं उपत्यकाका चार नारायण लगायत देशैभरका विष्णु मन्दिरमा भक्तजनको बिहानै देखि घुँईचो लाग्ने गरेको पाइन्छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.