Websoft University

सेती खोँचमा मान्छे खसेको आशंका, उद्दार टोलीले फेला पारेन, को होलान पुलबाट हाम्फाल्ने (भिडियो)



काठमाण्डौ कार्तिक २३ गते । रातो तारा डट कम,एकादशीको मेलाले दिनभरी जस्तो व्यस्त रहेको पोखरा महानगरपालिका वडा न. ९ र १५ जोड्ने चोर साँधु पुल बेलुकी पख अप्रत्यासित घटनाले फेरी तातियो । बेलुकी करिब ६ बजे तिर पुलबाट कोही मान्छे हाम्फालेको र सेति खोचमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पुलमा गएर खसेका व्यक्तिको उद्दार गर्न तीन जनाको टोलि सेती नद िखाँचमा पठायो । स्थानीयहरुले समेत को खसेको हो भन्ने कुरा सम्म थाहा पाएनन् एकछिन् कराएको आवाज सुनेको र पछि आवाज हराएको बताएका थिए । उद्दारका लागि गएको टोली करिब एक घण्टा सम्म तल खोँचमा खोज्यो तर पनि केही पाएन र रित्तो हात माथी फर्कियो । तल मान्छे खसेको कुनै प्रमाण नभेटिएको उद्दार टोलिले बतायो । पानीको सतह गहिरो भएको र रातको समय भएकाले पनि राम्रोसंग हेर्न नसकेको उद्धार टोलिले बताएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.