Websoft University

विश्व स्वतन्त्रता दिवसको अवसर–आज टुडि खेलमा मानव साङ्लो बनाईदै,



काठमाण्डौ कार्तिक २३ गते । रातो तारा डट कम,आज मानव साङ्लो बनाई टुँडिखेल घेरिने भएको छ । विश्व स्वतन्त्रता दिवसको अवसर पारी यस्तो अभियान सञ्चालन गर्न लागिएको अकुपाई टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो । 

टुँडिखेललाई अतिक्रमणमुक्त बनाउन अभियन्ताहरुले तीन महिने अकुपाई टुँडिखेल सञ्चालन गरी नागरिकस्तरबाट चेतनामूलक कार्यक्रम गर्ने अभियान थालेका छन्् । लगातार अतिक्रमण भएका कारण अहिले टुँडिखेल साँघुरिदै गएको छ । काठमाण्डौँको मध्य भागमा ठूलो क्षेत्रफलमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा परेको अभियन्ताहरुको आरोप छ । 

संरक्षण अभियन्ता तथा सर्वसाधारणले अतिक्रमणमा परेको टुँडिखेललाई पुरानै अवस्थामा ल्याउनुपर्ने माग गरिरहेका छन् । अहिले बसपार्क, पार्किङ, पसल र टहरा, निर्माण सामग्री जम्मा गर्ने र अनावश्यक रुपमा ढलान गर्नेजस्ता कामले टुँडिखेलको अतिक्रमण बढ्दै गएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.